नियम ९
खोजतलास कार्यको अवधि र अवधि थप सम्बन्धी व्यवस्था
(१) नियम ७ बमोजिम खोजतलास कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले अतिमहत्वपूर्ण खनिज वा महत्वपूर्ण तथा बहुमूल्य खनिज भित्र पर्ने खनिज पदार्थ भए चार वर्ष र सामान्य खनिज भित्र पर्ने खनिज पदार्थ भए दुई वर्षको अवधि भित्र खोजतलास कार्य सम्पन्न गरिसक्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको अवधि भित्र खोजतलास कार्य सम्पन्न गर्न नसकिने भई अवधि थप गर्नु पर्ने भएमा खोजतलास कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले त्यसरी अवधि समाप्त हुनुभन्दा तीन महिना अगावै अवधि थपको लागि अनुसूची–६ बमोजिमको प्रगति विवरण सहित विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम निवेदन प्राप्त भएमा विभागले आवश्यक जा“चवुझ गरी माग बमोजिमको अवधि थप गरिदिन मनासिब देखेमा निवेदन परेको एक महिना भित्र खनिज पदार्थको प्रकृति, भौगर्भिक स्थिति, खोजतलास प्रविधि र कामको प्रगति समेतको आधारमा अनुसूची–४ बमोजिमको थप दस्तुर लिई एक पटकमा एक वर्ष नबढाई बढीमा दुई वर्ष सम्मको लागि खोजतलास कार्यको अवधि थप गरिदिन सक्नेछ ।